काठमाडौं । आईएमई पे र खल्तीबीच मर्जर गर्ने समझदारी भएको छ ।

आइतबार दुई कम्पनी मर्जर गर्ने सम्बन्धमा समझदारी भएको आईएमई पे स्रोतले जनाएको छ । दुई कम्पनीबीचको समझदारीलाई स्वीकृतिका लागि आइतवार स्वीकृतिका राष्ट्र बैंकमा पठाइएको जनाइएकाे छ ।
राष्ट्रबैंकको स्वीकृतिपछि दुई कम्पनीबीचको मर्जरले आकार ग्रहण गर्ने छ । भुक्तानी सेवा प्रदायकबीच नेपालमा पहिलो पटक मर्जर हुन लागेको हो