काठमाडौं । कुमारी बैंक र सूर्य विनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्य विनायक मिसन हस्पिटल प्रालिबीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकका ग्राहकलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको हो । यस सम्झौता बमोजिम सूर्य विनायक मिसन हस्पिटलबाट प्रदान गरिँदै आएका सेवाहरुमा ग्राहकलाई प्रयोगशाला परीक्षण, एक्स–रे, ग्ऋन् तथा इएम् टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिने सम्बन्धमा सम्झौता भएको हो ।
विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।