विराटनगर । नबिल बैंक लिमिटेडले विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवर्द्धन’ विषयक कार्यशाला आयोजना गरेको छ ।

नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत ७ फागुनमा कार्याशाला आयोजना गरिएको बैंकले जनाएको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा सम्पन्न कार्यशालामा उद्यमी, उद्योग तथा वाणिज्य संघका प्रतिनिधि, शैक्षिक संस्थाका नेतृत्वकर्ता र सरकारी पदाधिकारीबीच उद्यमशीलताका क्षेत्रमा सहकार्य, मार्गदर्शन, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका अवसर तथा चुनौतीबारे छलफल भएको थियो ।
प्रदेश स्तरमा उद्यमशीलता प्रवर्द्धन गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने तथा उद्यमशीलता वातावरणलाई थप मजबुद बनाउने उद्देश्य अनुरूप कार्यशाला आयोजना गरिएको बैंकले जनाएको छ ।
बैंकले कार्यशालामार्फत उद्यमशीलता विकासलाई प्रवर्द्धन गर्दै नबिल एसएसई अन्तर्गतको प्रमाणपत्र कोर्सलाई मुलुकभर विस्तार गर्ने उद्देश्य लिएको छ ।