
पैसाले पाए मृत्युलाई किन्न मन छ
मरेपछि बैकुण्ठ पुग्ने को छ, भेट्न मन छ
मृत्युलाई किनेर मेरै अधिनमा राख्थे
मर्न मलाई मन छैन, सधैंँ बाँचिरहन्थेँ ।
सृष्टि रच्ने ईश्वर कहाँ छन् ? भेट्न मन छ
मर्ने चोला किन रच्यौं भनि सोध्ने मन छ
सधैं बाँच्ने भएसी, हिमालजस्तै खुलस्त भइदिन्थेँ
हुनेभए सगरमाथाभन्दा अग्लो भइदिन्थेँ ।
पाखा–पखेराबाट झरेका झरनासित
अझै संग्लो भइ छर्रछर्र झरिदिन्थेँ ।
झरनाका बाछिंटाबाट बादल बन्थेँ
निलो आकाशलाई डम्म ढाकिदिन्थे ।
मन लागिञ्जेल जुनतारासँग लुकामारी खेल्थेँ
हिमालका फाँटमा फुलेका बुकी फूलहरुमा
शितका थापा बनि रसाइदिँन्थे
घामका पोल्यो भने घामलाई छोपिदिन्थे ।
ति सन्नाट पाखा–पखेरामा वर्षात भइ झरिदिन्थेँ
डाँडा–पाखा र पर्वततिर हरियाली भइ छाइदिन्थे
कलकल झरना बनेर सागर बनिदिन्थँे
अनि सारा दुःख–पीडा र कष्टहरु बगाइदिन्थेँ
मर्न मलाई मन छैन सधैँ बाँचिरहन्थेँ
पैसाले किन्न पाए मृत्युलाई किनिदिन्थेँ ।
पैसाले पाए मृत्युलाई किन्न मन छ
मरेपछि बैकुण्ठ पुग्ने को छ, भेट्न मन छ
मृत्युलाई किनेर मेरै अधिनमा राख्थे
मर्न मलाई मन छैन, सधैंँ बाँचिरहन्थेँ ।
–एचबी सुब्बा
मिति : बैशाख १२, २०७२
–एचबी सुब्बा
फेदाप–१ तेह्रथुम
हाल सिफल काठमाडौं ।