तिमीले
तिम्रा पाइतालाहरु
मात्रै आफ्नो लागि
काँडाबाट जोगाउन
जुत्ता लगाएका थियौ ।
मेरो जिजीविषाको
चरम दुरुपयोग गर्दै
हिम पहिरोले कोतरे झैँ
मेरो अस्मिता कोपरी बस्यौ
तिमी जुत्ता हौ
तलुवा फेर्दै गयौ ।
पोथी बास्न नहुने
एकतारे रेटेर
अभिमानका गधामा चढ्यौ
अधर्मीहरुले फूलको कोपिला चुँढे झै
जहाजहरुलाई डाँकुहरुले लुटे झै
सम्पूर्ण मेरो जीवन लुट्यौ
म मरे तुल्य भएँ
तिमी मतलबै नराखी नाँचि रहयौ ।
स्त्रीत्व !
पसु हाटमा बेचिनै लागेको गाई
वा रेटिनै लागेको बोका
पशु तुल्य बेचिनु पर्ने
बलिको नाममा रेटिनु पर्ने ।
मानवता सबै गुमाई
तिम्रो धार्मिक अन्धताको
शिकार नबनाउ
मलाई मुक्त हाँस्न मन छ
म उन्मुक्त भै
चरा भैm उड्न चाहान्छु
हावाको तरेलीमा नाँच्दै र बेगिदैं ।
व्यवहार हो जिन्दगी
मिलाउन जान्नु पथ्र्यो
मलाई सास्ति वेहोराई
तिमी ढुक्कले निदाइ बस्यौ
म पीडाले छट्पटिएँ
तिमी हर्षले हाँसि रह्यौ ।
पुरुस्वत्त !
हाउगुजी वा अजिङगर
लैजाउ
जिन्दगीका बिसंगतिहरु
र सेलाइ देउ बगरमा
पुनः प्रेत भएर नआउन
अभिमानका गधाहरु ।
प्रकाशचन्द्र खतिवडा
सुन्दरहरैंचा–६ दुलारी, मोरङ
९८४२०७३५२५ Email : [email protected]