Logo
Logo
कविता/साहित्य

एउटा योद्धाको अवसानमा


प्रकाशचन्द्र खतिवडा

1.4k
Shares

के मान्छे आगो भएर बल्न सक्छ ?
कहाँ सबै मान्छे आगो भएर बल्न सक्छ ?
सुनेको छु
पानी आगो भएर बल्न सक्छ
पहाड पानी भएर बग्न सक्छ
हो
एउटा मान्छे स्वभाविक मर्न सक्छ
त्यसको ठिक विपरीत
एउटा योद्धा
मरेर पनि बाँच्न सक्छ
बस्ति भरी नाँच्न सक्छ
सिँगै देशलाई
सिँगै जनपंक्तिलाई
आन्दोलित बनाई
क्रान्तिको रथ हाँक्न सक्छ ।

एउटा योद्धासँग
इतिहास जुर्मुराइ रहेको हुन्छ
क्रान्तिको उभार चढिरहेको हुन्छ
मृत्यु स्वभाविक प्रक्रिया भए पनि
एउटा योद्धाको मृत्यु
सायदै
मुलुकको अवसान जस्तै हुन्छ ।
हरेक योद्धाको अवसानमा
हिउँ आँसु बनेर पग्लन्छ
पहाड विधवा भएर झोक्रन्छ
नदी स्तब्ध भएर सुसाउँछ
आकाश निहुरिएर रुन्छ
धर्ती कम्पित हुन्छ
सूर्य एकतमाशले लोलाउँछ
देश रुन्छ
देशवासी रुन्छन् ।

एउटा योद्धाको अवसानमा
हामी भावविह्वल बन्छौँ
श्रद्धाञ्जली सभा गर्दै
समावेदना प्रकट गर्छौं
उसको मृत्यु ऐतिहासिक हो
उ इतिहासका पानाहरुमा
एउटा दस्तावेज थपेर जान्छ
अजम्बरी फूल जस्तै अजम्बरी बनेर ।
(मदन भण्डारी र जिवराज आश्रितको अकल्पनीय दासढुंगगा मृत्युप्रति)

प्रकाशचन्द्र खतिवडा

सुन्दरहरैंचा –६, दुलारी, मोरङ
९८४२०७३५२५ ([email protected])

प्रतिक्रिया दिनुहोस्