Logo
Logo

माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठले जनाए उखु किसानको आन्दोलनमा ऐक्यबद्धता


378
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले उखु किसानका जायज मागलाई यथाशीघ्र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।  

The current image has no alternative text. The file name is: narayan-kagi-1.gif

मङ्गलवार काठमाडौंको माइतिघरमा पुगेर उखु किसानहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उखु किसानको मागप्रति माओवादीको समर्थन रहेको बताउँदै यथाशीघ्र माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उखु किसानले भुक्तानीका लागि पटक पटक सङ्घर्ष गर्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने उनले बताए ।  श्रेष्ठले  उखुको बक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी प्रक्रिया सुरु गर्नुपर्ने र न्यूनतम मूल्य समेत वृद्धि गर्नुपर्ने बताए । उखु किसानको आन्दोलनलाई सफल पार्न माओवादीको सम्पूर्ण साथ र समर्थन रहने उनको भनाइ छ । 

उखु उत्पादक महासङ्घ, उखु उत्पादक कृषक समिति लगायतले गत आर्थिक वर्षको उखुको बक्यौता अनुदान रकम प्रति क्वीन्टल रु ७० का दरले भुक्तानी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्