काठमाडौँ । संसदीय सुनुवाइ समितिको सभापतिबाट ईश्वरी न्यौपानेले राजीनामा दिएकी छन् । पार्टीले उनलाई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति बनाउने निर्णय गरेसँगै राजीनामा दिएकी हुन् ।

सभामुख देवराज घिमिरेलाई बुझाएको राजीनापत्रमा उनले भनेकी छिन्, ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाई समितिको सभापति पदमा रही रहन विशेष कारणले म असमर्थ भएको अवगत गराउँदै आजै र तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु ।’
उनले केही बेरमा राज्य व्यवस्था समितिको सभापतिक लागि उम्मेदवारी दर्ता गर्दैछन् । उम्मेदवारी दर्ताका लागि दिउँसो १ देखि ४ बजेसम्मको समय तोकिएको छ ।














