Logo
Logo

पाँच हजार डलरसम्म बोकेर नेपाल आउन पाइने


504
Shares

काठमाडौँ । नेपाली वा विदेशी नागरिकले पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा साथमा बोकेर नेपाल आउँदा भन्सार घोषणा नगर्नुपर्ने जानकारी गराएको छ।

पाँच हजार डलरसम्मको मुद्रा भन्सार घोषणा बिना नेपाल भित्र्याउन सकिने व्यवस्था रहेको जानकारी नेपाल राष्ट्र बैंकले गराएको हो।

पाँच हजार अमेरिकी डलरभन्दा बढीको नगद भित्र्याउनु परेमा भने भन्सार घोषणा अनिवार्य हुने व्यवस्था रहेको राष्ट्र बैंकले मंगलबार सूचना प्रकाशित गरेर जानकारी गराएको हो।

त्यस्तै, राष्ट्र बैँकले सन् २०१६ नोभेम्बर ९ भन्दा पहिले चलनमा रहेका पाँच सय र एक हजार दरका भारतीय नोटका साथै, दुई सय, पाँच सय र दुई हजार दरका हालका नोट कारोबार र ओसार–पसार निषेध गरेको छ। त्यस्तै, नेपाली नागरिकले भारतबाहेक अन्यत्र भारतीय रुपैयाँ लैजान नपाउने जानकारी पनि राष्ट्रबै‌कले गराएको छ।

प्रतिक्रिया दिनुहोस्