Logo
Logo

वडाध्यक्षले शिक्षकलाई नग्न बनाएर कुटेको भिडियो बाहिरियो 


3.7k
Shares

काठमाडौं । बाराको प्रसौनी गाउँपालिका वडा-६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई वडा कार्यालयमा बन्धक बनाई निर्घात कुटपिट गरेको भिडियो बाहिरिएको छ ।

The current image has no alternative text. The file name is: video.gif

पर्सा बहुदरमाई घर भई प्रसौनी-६ बेलहिया बस्दै आएका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहासहित ८ जनाले कुटपिट गरेको भिडियो देख्न सकिन्छ । मदिरा सेवन गरी यादवलाई नग्न बनाएर वडा कार्यालयमै कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ।

शिक्षले एक विद्यार्थी आफूसँग बोलाए परीक्षाको तयारी गराइ रहेको बताए छन् । उनले सो विभिडियो विद्यार्थीलाई पास गराउन र परीक्षाको तयारीको लागि आफूकहाँ बोलाएको भनेका छन् । शिक्षकले ती विद्यार्थी आफूकहाँ कोचिङ पढ्दै आइरहेको बताएका छन् । 

यतीकैमा त्यहाँ रहेका अरूले शिक्षकलाई तिमि राम्रो भएको भए बच्चालाई घर पठाउँथ्यौँ भन्दै शिक्षकलाई झापड हानेको विभिडियोमा देखिन्छ ।  भिडियो अन्नपूर्ण पोष्टले सार्वजनिक गरेको छ ।

घटना बाहिर आएसँगै नेकपा माओवादी केन्द्रले कुशवाहालाई ६ महिनाका लागि पार्टीले निलम्बन गरेको छ ।

भिडियो

https://www.facebook.com/watch/?v=4006893116232318 

प्रतिक्रिया दिनुहोस्