काठमाडौं । ललितपुरबाट साढे ९१ लाख रकमसहित पक्राउ परेका सिन्धुलीका गौरव स्याङ्तानलाई थप ६ दिन थुनामा राख्न म्याद थप गरिएको छ ।

सोमबार साँझ पक्राउ परेका उनीविरुद्ध मङ्गलवार जिल्ला अदालत, ललितपुरले ६ दिन म्याद थपको अनुमति दिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए ।
उनीविरुद्ध अनलाइन सट्टेबाजी र लागूऔषधको कसुरमा अनुसन्धान भइरहेको छ । उनीबाट करिब ९१ लाख ५० हजार रुपैयाँ बरामद भएको छ । त्यस्तै, पैसा गन्ने मिसिन, ११ थान मोबाइल, आइप्याडसमेत बरामद भएको छ ।
साथै, डेढ किलो गाजा पनि बरामद भएको थियो । प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।














