Logo
Logo

वीरगन्जमा हैजा नियन्त्रण गर्न सामूहिक प्रयास आवश्यक : प्रजिअ सुवेदी


189
Shares

काठमाडौं । पर्साका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) तोयनारायण सुवेदीले वीरगन्जसहित आसपासमा देखिएको हैजाको संक्रमण नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताएका छन् ।

सुवेदीले हैजा संक्रमणसँग जुँधेर काम गर्नुपर्नेमा जोड दिए । ‘हामी निकै संवेदनशील भएर हैजा संक्रमण रोकथाम र नियन्त्रणमा लागेका छौँ’, उनले भने, ‘अहिलेसम्म यहाँ देखिएको हैजा नियन्त्रण गर्न सक्ने अवस्थामै छ ।’

प्रजिअ सुवेदीले हाल हैजाका विरामीहरुको उपचार र सचेतनामुलुक दुवै खालका गतिविधि सञ्चालन गदै आइरहेको बताए ।

उनले भने, ‘हैजा संक्रमित बिरामी अस्पताल अस्पतालबाट निको भएर घर फर्किने क्रम बढिरहेको छ । सबै मिलेर हैजाको रोकथाम र नियन्त्रणका लागि हातेमालो गर्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्