Logo
Logo

दुई सवारी एकापसमा ठोक्किँदा भ्यान चालकको मृत्यु


252
Shares

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काईमा दुई सवारीसाधन एकपासमा ठोक्किएर दुर्घटना हुँदा भ्यान चालकको मृत्यु भएको छ ।

कन्काई नगरपालिका–८ बिरीङ पुल नजिक सुरुङ्गाबाट बिर्तामोडतर्फ जाँदै गरेको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको मारुती भ्यान आपसमा ठोक्किँदा भ्यान चालक शिवसताक्षी नगरपालिका ७ बस्ने २९ वर्षीय नवराज बाँस्कोटाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बाँस्कोटाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।दुर्घटनामा एकै घरका चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घाइतेहरु ४० वर्षीय पृथ्बीनाथ साह, उनकी ३७ वर्षीया श्रीमती पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र ९ वर्षीया छोरी प्रिन्सा साहको बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

पिकअपका चालक २४ वर्षीय सुमन पौडेललाई नियन्त्रणमा लिएर प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्