Logo
Logo

मोरङ कारागारको शौचालयमा मृत भेटिइन् महिला कैदी


1.1k
Shares

विराटनगर । जिल्ला कारागार मोरङको शौचालयमा एक महिला कैदीको शव भेटिएको छ । कारागारका अनुसार बुधबार बिहान महिला सेलमा रहेको शौचालयमा झुण्डिएको अवस्थामा सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधा भट्टराइको शव फेला परेको हो ।

जेलर गौरव ढुंगेलका अनुसार ती महिलालाई कर्तव्यज्यान मुद्दामा सुनसरी जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाएको थियो । राधा दुई नाबालक सन्तानसहित सप्तकोशी नदीको नहरमा हाम्फालेकी थिइन् । उनी र एक सन्तानको उद्धार भएको थियो । एक सन्तानको मृत्यु भएपछि उनीमाथि कर्तव्यज्यान मुद्दा चलेको थियो ।

२०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा रहेकी उनलाई जिल्ला अदालत सुनसरीले २०८१ कात्तिक ७ गते २० वर्ष कैद सजायँ सुनाएको थियो । उनको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्