
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दायर गरेको मुद्दामा सुनुवाइ सकिएको छ ।
रविका तर्फबाट पत्नि निकिता पौडेलले दिएको निवेदनमाथि उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्ययायाधीश सागर विष्टको इजलासमा सुनुवाइ सकिएको हो ।
रविले सुप्रिम सहकारी ठगी प्रकरणमा आफ्नो भागमा पर्ने बिगो बुझाएर रिहा गर्न मागसहित उच्च अदालत बुटवलमा निवेदन दायर गरेका थिए ।
त्यसअघि उनले रुपन्देही जिल्ला अदालतमा सोही निवेदन दिएकोमा जिल्ला अदालतले सुनुवाइ गर्दै उनलाई छाड्न अस्वीकार गरेको थियो ।
त्यसपछि रवि उच्च अदालत पुगेका हुन् । केहीबेरमा उच्च अदालतले लामिछानेको मुद्दा सम्बन्धमा आवश्यक आदेश दिनेछ ।














