Logo
Logo

वीरगञ्जमा हैजाविरुद्ध रेडक्रसको अभियान


126
Shares

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले वीरगञ्जमा फैलिएको हैजा र झाडापखाला नियन्त्रणका लागि प्रतिकार्य सुरू गरेको छ।

फाइल फोटो

रेडक्रसको पर्सा शाखामार्फत प्रभावित क्षेत्रका घरघरमा पुगेर सरसफाइ, खानेपानी शुद्धीकरण, हातधुने अभ्यास र बिरामीलाई स्वास्थ्य केन्द्रमा लैजान सहयोग गर्न ३० स्वयंसेवकलाई अभिमुखिकरण गरी परिचालन गरिएको हो।

आईएफआरसीको आपत्कालीन विपद् कोषको आर्थिक तथा प्राविधिक सहयोगमा जीवनजल, क्लोरिन, सरसफाइ सामग्री वितरण र हातधुने अभ्यास प्रवर्द्धनजस्ता गतिविधि सञ्चालन भइरहेको छ।

स्वास्थ्य मन्त्रालयमार्फत ३०० प्याकेट जीवनजल अस्पतालहरूलाई उपलब्ध गराइएको छ।

सुख्खा प्रभावित क्षेत्रमा सञ्चालित खडेरीसम्बन्धी कार्यक्रमअन्तर्गत साबुन वितरण, आपत्कालीन शौचालय निर्माण र सरसफाइ अभियान पनि तीव्र रूपमा अघि बढाइएको रेडक्रसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्