Logo
Logo

पाँच दिनमै अवकाशमा जाने सचिवसँग ऊर्जामन्त्रीले गरे एक वर्षको लागि कार्यसम्पादन सम्झौता


1.1k
Shares

मौसम छ। ऊर्जा मन्त्री दीपक खड्काले पाँच दिनपछि घर जान लागेका सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अवकाशमा जाँदै छन् । उनै आचार्यसँग मन्त्री खड्काले वर्षभरि गर्ने कामहरूको सूचीमा हस्ताक्षर गर्दै सम्झौता गरेका हुन् ।

मन्त्री खड्काले पनि दंग पर्दै सम्झौता गरेको फोटासहित सामाजिक सञ्जालमा राखेर शतप्रतिशत नतिजा ल्याउन निर्देशन दिएको भनेका छन्।

उनले लेखेका छन्, ‘प्रधानमन्त्री केपी ओलीज्यूसँग साउन २९ गते भएको कार्य सम्झौताबमोजिम आज मन्त्रालयका सचिवहरूसँग कार्यसम्पादन सम्झौता गरेको छु । साथै उच्च व्यवस्थापन समूहमा उच्च मनोबलका साथ कार्यसम्पादन सम्झौतालाई शत प्रतिशत नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएको छु।’

प्रतिक्रिया दिनुहोस्