बैतडी । बैतडीमा अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्वासी र दलित परिवारलाई लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाइएको छ।

भूमि समस्या समाधान आयोग जिल्ला समितिले माघसम्मको कार्ययोजना तयार गर्दै सदस्यहरूसँग कार्यसम्पादन सम्झौता गरेको हो।
समितिले जिल्लाका १० वटै स्थानीय तहमा भूमिहीनको लगत सङ्कलन गरिसकेको छ। अब असोजमा प्रमाणीकरण, कात्तिकमा जग्गा छनोट तथा नापजाँच, मंसिरमा श्रेष्ता तयार गरी माघमा लालपुर्जा वितरण गरिने कार्ययोजना छ।
स्थानीय तहसँग समन्वयमा समिति सदस्यहरूलाई जिम्मेवारी तोकिएको छ। हालसम्म २,३९१ निवेदन प्राप्त भइसकेको र असोज २ गतेसम्म अन्तिम आवेदन आह्वान गरिएको जनाइएको छ।














