Logo
Logo

नेप्से परिसूचकमा ५३ अङ्कको सुधार, कारोबार सात अर्ब नाघ्यो


252
Shares

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५३.०१ अङ्कले वृद्धि भई २८१९.१० विन्दुमा पुगेको छ। यो १.९१ प्रतिशतको वृद्धि हो।

आज ३२१ कम्पनीका १ करोड ४९ लाख ८६ हजार १४२ कित्ता शेयर ७२ हजार ५२८ पटक किनबेच हुँदा कुल कारोबार रकम रु ७ अर्ब ६८ करोड ३३ लाख नाघेको नेप्सेले जनाएको छ।

आजको कारोबारमा सबै उपसमूहको सूचक हरियाली देखिएको छ। प्रमुख बढोत्तरी यसप्रकार छ:

  • विकास बैंक: ३.४०%
  • उत्पादन तथा प्रशोधन: २.६९%
  • लगानी: २.१९%
  • जीवन बीमा: २.२१%
  • अन्य: २.१४%
  • व्यापार: २.६८%
  • जलविद्युत्: १.८५%
  • वित्त: १.९८%
  • बैंकिङ: १.३८%
  • होटल तथा पर्यटन: १.६६%
  • लघुवित्त: १.०९%
  • निर्जीवन बीमा: १.६८%
  • म्युचुअल फण्ड: ०.४७%

विकास हाइड्रोपावर कम्पनी लिमिटेड को शेयरमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै गिरावट केबिएल डिबेञ्चर–२०८६ मा ५.७९% ले देखिएको छ।

कारोबार रकमका आधारमा आज हिमालयन रिइन्स्योरेन्स लिमिटेड अग्रस्थानमा रह्यो, जसको शेयर कारोबार रकम रु ६५ करोड ४२ लाख ७४ हजार २५५ पुगेको छ।

किनबेच भएका शेयर संख्याका आधारमा ग्रीन भेन्चर लिमिटेड अगाडि रह्यो, जसका ८ लाख ४६ हजार ६२३ कित्ता शेयर कारोबार भए।

प्रतिक्रिया दिनुहोस्