काठमाडौँ । संघीय संसद् राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरीदेवी न्यौपानेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।

सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले न्यौपानेलाई शपथ गराएका हुन्। शपथपछि सभामुख घिमिरेले खादा ओढाएर बधाई पनि दिए।
कार्यक्रममा गृहमन्त्री, रक्षामन्त्री, कानुनमन्त्री, युवा तथा खेलकुदमन्त्रीलगायत प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सांसदहरूको उपस्थिति थियो।
न्यौपाने समितिको सभापति पदमा निर्विरोध निर्वाचित भएकी हुन्।














