Logo
Logo

बैतडीमा जिप दुर्घटना, १२ जना घाइते


441
Shares

दशरथचन्द । बैतडीमा जिप दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्।

गोठालापानीबाट खोड्पेतर्फ जाँदै गरेको से १ ज २४५ नम्बरको उग्रतारा यातायातको जिप आज दिउँसो २ बजे दशरथचन्द नगरपालिका–४ को शाहिलेक नपुग्दै इश्वरीगङ्गा जाने बाटोमा दुर्घटनामा परेको हो।

जिपमा चालकसहित १३ जना सवार थिए। जिप करिब ७० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घाइते सबैको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

चालक रोशन भट्टलाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्