Logo
Logo

भूटान एयरले पारोबाट पोखरा चार्टर्ड उडान गर्ने


693
Shares

काठमाडौं । भुटानको निजी वायुसेवा कम्पनी भूटान एयरलाइन्स (टासी) ले पोखरा विमानस्थलमा चार्टर्ड उडान गर्ने तयारी गरेको छ ।

एयरलाइन्सले पोखराबाट पारो इन्टरनेसनल एयरपोर्टमा दुई/तीन वटा चार्टर्ड उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भूटान एयरलाइन्सले आगामी सेप्टेम्बर २८ र अक्टोबरमा चार दिन यात्रु चार्टर्ड उडानका लागि अनुमति मागेको जानकारी दिए ।

उनका अनुसार भूटान एयरलाइन्सले पहिलेदेखि नै उडान गर्ने भनेको थियो । ‘चार्टर्ड उडान दिगो भएमा काठमाडौँ जस्तै पोखरा र भैरहवाबाट एउटा देशको एयरलाइन्सलाई पोखरा हुँदै अर्को देश जान पाउने उडान ‘फिफ्थ फ्रिडम फ्लाइट’ दिने भनेर पहिले नै निर्णय गरिएको छ ।

‘सुरुमा भूटान एयरलाइन्सले काठमाडौँ–पारो–काठमाडौँ उडान गर्नेछ । उडान नियमित भएको खण्डमा पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो उडान गर्ने एयरलाइन्सको योजना छ’, सूचना अधिकारी भूलले भने । भूटान एयरलाइन्सलाई केही दिनभित्रै उडान अनुमति दिइने प्राधिकरणको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्