Logo
Logo

बन्दाबन्दीले जुराएका कविता : बस्तीमा आगो


- छविरमण सिलवाल


  • छविरमण सिलवाल

बासुदेव अधिकारी (२०२२)नेपाली साहित्यका सुपरिचित नाम हो । समयका स्वरहरु(कविता सङ्ग्रह), मनको हरियो मनको गीत (गीत गजल सङ्ग्रह), आफन्तलाई सम्बोधन (कविता सङ्ग्रह), युरोस्पर्श (कविता सङ्ग्रह) गायब सभामुख (कविता सङ्ग्रह) र बस्तीमा आगो (कविता सङ्ग्रह) र, च्यातिएको शब्दकोष (कविता सङ्ग्रह) गरी आठ कृतिहरु प्रकाशित भएका छन् । र, उनको युरोस्पर्श कविता सङग्रह नेपाल भाषामा पनि अनुवाद भएको छ ।

 

‘कोरोनापछिको भान्साको अँध्यारो छामिरहेछु, मजदुर पनि हुन नपाएका बेरोजगारको मन पढिरहेको छु ।’ कोरोना महामारीमा सबै देवताहरुका मठ–मन्दिरहरु पनि बन्द छन्, तर देवताहरुको अवतार सेतो कोटमा प्रकट भएका छन्, अब उनीहरुलाई हामीले कुन शब्दमा धन्यवाद दिने र कसरी सहयोग गर्ने चिन्ता पनि छ कविलाई ।

सबै एक भएर कोरोना माहामारी बिरुद्ध लडनु पर्ने बेलामा ब्रोहरु कुर्सीको मल्लयुद्धमा लागिरहेको तितो यथार्थलाई हामीले बन्दाबन्दीमा टुलुटुलु हेरेर बस्यौँ । तर कवि बासुदेव अधिकारीले कवितामार्फत भए पनि सत्ताको मल्लयुद्ध नगरेर कोरोनाको कहरले भोकाएका पेटहरु, वेरोजगार भएका हातहरु, ओखती नपाएका विरामीहरुका पीडालाई छाम भनेर कडारुपमा प्रस्तुत भएका छन् ।

चारदशक देखि नेपाली साहित्य सिर्जनामा निरन्तर लागि रहेका अधिकारी कुशल सम्पादक पनि हुन् । उनी कवितामार्फत समयका दस्तावेजहरुलाई एककृत गर्न रुचाउँछन् । उनका रचनाहरुमा थोरै व्यङ्ग्य चेतमार्फत यथार्थ पस्किरहेका हुन्छन् । र, समयले हामीलाई दिएका झटाराहरुलाई अभिलेखीकरण गरिरहेका छन् । यथार्थवादी धरातलमा बसेर सिर्जना गर्न रुचाउँने अधिकारी पछिल्लो समयमा हामी लगायत सिङ्गो विश्वलाई कोरोना कहरले निलिरहेको बेलामा हामी पनि एकसय बिस दिन घर बन्दी भएका थियौँ ।

यस दुःखद समयको साक्षीका रुपमा स्रष्टाहरुले विभिन्न सिर्जना मार्फत दुःखद समयको दस्तावेजहरु लेख्न भ्याए । पुस्तकका रुपमा भने अहिलेसम्म प्रायः आउँन सकेका छैनन् । तर,उनले “बस्तीमा आगो” शिर्षकको कविता कृति प्रकाशनमा ल्याएका छन् । उनले लकडाउनको विषम परिस्थितिलाई सिर्जनात्मक बनाएर पाठकहरुमा एउटा कुरुप समयको पूर्ण दस्तावेज दिए । यस्ता माहामारीहरु संसारमा धेरै समय रहँदैन, तर यस्ता महामारीले छोडेका घाउ भने कहिल्यै विसेक नहुने गरि मान्छेका मथिङ्गलमा गढीरहन्छन् ।

यस्तो विषद परिस्थितिका साक्षी हामी पनि केही समयका पाहुना मात्र हौँ । हाम्रा सन्ततिहरुको लागि सर्जकहरुले यस्ता दस्तावेजहरु पढेर समयले दिएको क्रुरतालाई थाहा पाउँन सक्छन्, त्यसैले यस्ता कृतिहरुको ठूलो महत्व रहेको छ । यसका साथै हामीले भोगेका पीडाका साक्षी हामी आफैँ हौँ, अझै कति भोग्नु पर्ने हो यास्तो पीडा । त्यस्तै पीडैपीडाका पहाडहरुलाई शब्दका माध्यमबाट बस्तीमा लागेको आगोलाई केही मन्थर पार्ने प्रयास गरेका छन् कवि बासुदेव अधिकारीले ।

२०७७ चैत्र २ गते देखि २०७७ श्रावण ५ गते भित्र लेखिएका उनका यी ६१ कविताहरुले त्यस अवधिको त्रासदीपूर्ण समयको चित्कारहरु लिपिवद्ध भएका छन् । त्यस अवधिमा सरकारको गतिविधि देखि नेपाली राजनीतिमा भएका दाउपेचका विविध नमूनाहरु पनि कवितामार्फत पढ्न सकिन्छ । नलाग्नु पर्ने आगो बस्तीमा लागे पछि हाम्रो प्रयासले निभाउँन सकिने कुरै थिएन । विश्वका अत्यन्त शक्तिशाली राष्ट्रहरु पनि कोरोना कहरको अगाडि निरिह बनेको दृश्य हामीले देखेका छौँ, हाम्रो जस्तो मुलुकले त कसरी त्यसको समाना गर्ने भन्ने केही सोच्नसम्म सकेका थिएनन । यस अवधिमा भएका जनताले पाएका दुःख पीडाका दर्दनाक अवस्था हामी सम्झन पनि सक्ने अवस्था छैनौँ । अहिले लकडाउन खु्ल्यो, तर निषेधाज्ञा शुरु भयो, त्यो पनि केही मात्रामा खुल्यो । तर, कोरोना कहरले बस्तीमा झन वढी आगो झोसिरहेको छ । अझै कतिन्जेल संसारका बस्तीहरुमा कोभिड–१९ ले आगो झोसिरहन्छ, ठेगान छैन, त्यसकारण हामी चेतनशील मानिस आफैँ सजग हुनुको विकल्प छैन । यी र यस्तै सिर्जनशीलताले हाम्रो मस्तिष्कमा लागेको चोट अवश्य शान्त बनाउने नै छ भन्ने लाग्छ ।

कवितामार्फत कविले काव्य चेतनाद्धारा कोरोनाका विविध जानकारीहरु पनि पस्केका छन् । अनुशासनमा बस्नुपर्ने बेला विशेष प्रकारका खाना खाने बेला होइन, भोज भतेर भन्दा आफ्नो ज्यान जोगाउँनु पर्ने मूल सन्देशहरु उनका कविताले दिइरहेका छन् । उनी कविता मार्फत पोख्छन्– ‘कोरोनापछिको भान्साको अँध्यारो छामिरहेछु, मजदुर पनि हुन नपाएका बेरोजगारको मन पढिरहेको छु ।’ कोरोना महामारीमा सबै देवताहरुका मठ–मन्दिरहरु पनि बन्द छन्, तर देवताहरुको अवतार सेतो कोटमा प्रकट भएका छन्, अब उनीहरुलाई हामीले कुन शब्दमा धन्यवाद दिने र कसरी सहयोग गर्ने चिन्ता पनि छ कविलाई । कोरोना हल्लामात्र भएको भ्रामक खबर सामाजिक संजालमा पढिरहेका कविले अब कोरोनाको अन्वेषकलाई अनु्रोध पनि गरिरहेका छन्– ‘प्रिय अन्वेषक, कोरोना पोल्ने आगो छिटै फेला पार ल ।’ सरल स्वभावका कविको आक्रोशको पारा निकै चढेको अनुभूति पनि ह्ुन्छ कवितामार्फत । सबै एक भएर कोरोना माहामारी बिरुद्ध लडनु पर्ने बेलामा ब्रोहरु कुर्सीको मल्लयुद्धमा लागिरहेको तितो यथार्थलाई हामीले बन्दाबन्दीमा टुलुटुलु हेरेर बस्यौँ । तर कवि बासुदेव अधिकारीले कवितामार्फत भए पनि सत्ताको मल्लयुद्ध नगरेर कोरोनाको कहरले भोकाएका पेटहरु, वेरोजगार भएका हातहरु, ओखती नपाएका विरामीहरुका पीडालाई छाम भनेर कडारुपमा प्रस्तुत भएका छन् ।

कोरोना कहरले नराम्रोमात्र गरेको छैन, केही राम्रा पक्ष पनि छन् । यसले मुख्य कुरा त मान्छेको औकात देखाई दियो । हुनतः प्रकृतिले बेला बेलामा मान्छेहरुको परिक्षा लिई रहेको हृुन्छ, तर मान्छे आफ्नो अहम् त्याग्न सक्त्तैन । त्यहीँ अहमको भूमरीमा मान्छेले प्रकृतिको सामू निरिह बन्ने गर्दछ । त्यहीँ निरिहताको प्रमाण हो कोरोनाको कहर पनि । विश्वमा कोरोनाले निल्दै गएको अवस्थामा नेपालले पनि के गर्ने के नगर्ने अन्योल अवस्था थियो । संंसारले जे गर्यो नेपालले पनि त्यहीँ बाटा अपनाउँदा धेरै मान्छेहरुले दुःख पाए । तर शहरको रमझमले गाऊँ विर्सेकाहरुलाई त्यहीँ गाऊँले आश्रय दियो । फेरि गाऊँ एक पटक हराभरा भयो । यस्तै आशावादी कविताहरु पनि बस्तीमा आगो सङ्ग्रहमा पढ्न सकिन्छ । कवि अधिकारीका कविताहरु नराम्रो भित्र पनि राम्रोले स्वागत गरिरहेको हुन्छ भन्ने आशाका सुनौला किरणहरु जस्तै सुनौला बनेका छन् ।

बन्दाबन्दीको अवस्थामा धेरै विकृतिहरु देखा परे, मान्छेहरु हजारौ किलोमिटर हिड्न बाँध्य भए । खान नपाएर कैयौ भोक भाकै रहे । काम नपाएर कैयौ वेरोजगार बने, छिमेकीले सिमा यही बेला मिच्यो । क्वारेन्टाइइनमा बसेका महिला बलात्कृत भए । सिमामा आए्र पनि आफ्नो मुलुक छिर्न नपाएर कैयौको ज्यान गयो । यस्तो बेलामा पनि कविको चिन्ता थियो–“असारे हिलोमा रोपाइँ छोडेर किन कार्पेट ओच्छ्याउँनुपरेको ज्वाइँ राजालाई बुहारी मैयालाई ?”भनेर प्रश्न तेर्साइ रहेका छन् कविले बस्तीमा आगोमार्फत ।

बस्तीमा आगोभित्रका कविताहरु कवि जस्तै शालीन छन् । सरल शब्द र शालीन अभिव्यक्तिबाट पनि क्रूर समयको चित्रण गर्न सकिनेरहेछ भन्ने सन्देशमूलक यी कविताहरुलाई समकालीन साहित्य प्रतिष्ठान, बेलायतले प्रकाशनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्