Logo
Logo

एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ माघ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनबाट संघको संशोधित विधान र आर्थिक प्रतिवेदन पारित भएको छ ।

विशेष महाधिवेशनमा संघको वार्षिक प्रतिवेदन महासचिव डा. हेमराज शर्मा, आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव विधान संशोधन सुझाव समितिका संयोजक भूषण घिमिरे र संघका उपाध्यक्ष मन केसीले संयुक्त रुपमा प्रस्तुत गरेका थिए ।

महाधिवेशनले एनआरएनएका कोषाध्यक्ष महेशकुमार श्रेष्ठबाट प्रस्तुत आर्थिक वर्ष २०७४/७५ र २०७५÷७६ को आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । संघका आर्थिक व्यवस्थापन र पारदर्शीता कायम राख्न गर्नुपर्ने सुधार सम्बन्धमा सुझाव दिनका लागि गोवा कटुवालको संयोजकत्वमा रञ्जित महतो र डिला खरेल सदस्य रहेको एक समिति गठन गरिएको छ ।

महाधिवेशनमा प्रस्तुत विधान संशोधनको प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरियो । विधानमा रहेका संशोधित प्रावधानअनुरुप काम कारवाही अगाडि बढाउने प्रतिबद्धता जाहेर गरियो ।

प्रतिक्रिया दिनुहोस्