Logo
Logo

पार्टी विभाजनको मुख्य कारण प्रतिनिधिसभा विघटनः बामदेव गौतम 


- दृष्टि न्युज/संवाददाता


 

काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका संयोजग बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु पार्टी विभाजनको कारण भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानका घोषणा गर्दै जारी गरिएको अवधारणापत्रमा प्रतिनिधिसभा विघटन गर्नु दुखद रहेको भन्दै प्रतिनिधिसभा विघटन पार्टी विभाजनको कारण भएको बताएका हुन । अवधारणापत्रमा भनिएको छ– ‘अविश्वास प्रस्तावको सामना गर्नुको सट्टा प्रतिनिधिसभा नै विघटन गर्ने जस्ता दुखद घटनाबाट नेपालको इतिहासमा सबैभन्दा शक्तिशाली संगठनका रुपमा देखापरेको हाम्रो पार्टी विभाजनको दुर्घटनामा परेको छ ।’

त्यस्तै पार्टीका कुनै पनि निकायमा छलफलै नगरी एउटा अध्यक्षसहितका प्रतिनिधिसभा सदस्यहरु छापामार शैलीमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव प्रतिनिधिसभा सचिवालयमा लैजानु पनि पार्टी विभाजनको कारण रहेको उनको अवधारणा पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्