Logo
Logo

बामदेवको अभियानमा सहभागीले ६ सैद्धान्तिक दस्तावेज अध्ययन गर्नुपर्ने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १४ माघ । बामदेव गौतमको नेतृत्वमा घोषणा भएको ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान’मा सहभागीले अनिवार्य रुपमा ६ सैद्धान्तिक दस्तावेज अध्ययन गर्नुपर्ने भएको छ ।

अभियान घोषणा गर्दै गौतमद्धारा जारी अवधारणको ‘संगठन सञ्चालन सम्बन्धी नियमहरु’ शीर्षकको एक बुँदामा अभियन्ताले ६ वटा सैद्धान्तिक दस्तावेज अध्ययन गर्नुपर्ने उल्लेख छ । एकता अभियानमा सामेल हुनेले जनताको बहुदलीय जनवाद तुलनात्मक अध्ययन, एक्काइशौं शताब्दीको कम्युनिष्ट पार्टी, नेपाली जनताको समृद्धिको कार्यक्रम बहुदलीय समाजवाद, कस्तो हुनुपर्छ कम्युनिष्ट पार्टीको विधान, राजनीतिक ज्ञान र शिक्षाका आधारहरु तथा आवश्यक माक्र्सवादी साहित्य पढ्नु पर्ने उल्लेख गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिसिभा विघटन गरेपछि नेकपा विभाजन हुँदा दुबै पक्षमा नलागेका गौतमले पार्टी एकता अझै सम्भव रहेको भन्दै एकता अभियान घोषणा गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्