Logo
Logo

शहीद दिवसको अवसर पारेर प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसको विरोधसभा


- दृष्टि संवाददाता

567
Shares

काठमाडौं, १६ माघ । प्रतिनिधिसभा विघटन विरुद्ध नेपाली कांग्रेसले आज शान्तिवाटीकामा विरोध सभा गर्ने भएको छ । शहीद दिवसको अवसर पारेर कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनको विरोध गर्ने भएको हो ।

 

दिउँसो १ बजेका हुने कार्यक्रममा कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला, पुष्पा भुसाल, गगन थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले जानकारी दिएको छ । कांग्रेसले आफ्नो तेस्रो चरण अन्तर्गतको कार्यक्रम अनुसार आज विरोध सभा गर्न लागेको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000