Logo
Logo

पोखराकी एलिना भइन् ‘नेपाल स्टार’


- दृष्टि संवाददाता


काठमाडौं, १७ माघ । सांगीतिक रियालिटी शो ‘नेपाल स्टार’को उपाधि पोखराकी एलिना गुरुङले जितेकी छन् ।
नेपाल टेलिभिजनमार्फत प्रशारित यस रियालिटीको शनिबार ग्राण्ड फिनाले भएको हो । एलिनाले उपाधिसँगै ३५ लाख नगद पुरस्कार पनि पाएकी जितेकी छन् ।

‘नेपाल स्टार’को यस संस्करणमा फाइनलमा पुगेका अन्य तीन प्रतिस्पर्धी लक्ष्मण लिम्बु, सुरेश लामा र सन्देश लामाले जनही ५ लाख रुपैयाँ पाएका छन् । विजेताले त्यसमा थप ३० लाख रुपैयाँ पाएसँगै शो विजेताले कुल ३५ लाख रुपैयाँ नगद पाएका हुन् ।

विजेता बनेसँगै एलिनाले १ करोड रुपैयाँ बराबरको इन्सुरेन्स पोलिसी पनि पाएकी छन् । अन्य तीन उपविजेताले पनि ५० लाख रुपैयाँ बराबरको पोलिसी पाएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्