Logo
Logo

काठमाडौंमा फिल्मी शैलीमा स्कुटरको डिक्कीबाट २८ लाख चोरियो


दृष्टि संवाददाता


काठमाडौं, ३ चैत ।
काठमाडौंमा स्कुटरको डिक्कीबाट २८ लाख ५० हजार रुपैयाँ चोरी भएको छ । काठमाडौं नागार्जुन नगरपालिका–१ घर भएका ५२ वर्षीय नवराज अधिकारीको बा.६० प ९३०४ नम्बरको स्कुटरको डिक्कीमा चोरी भएको छ ।


उनले विभिन्न बैंकबाट सो रकम निकालिएको थियो । डिक्कीमा राखी कामको सिलसिलामा चक्रपथ, सोह्रखुट्टे, असन हुँदै समाखुसीस्थित साथीको घरमा गई डिक्की खोली हेर्दा रकम चोरी भएको थाहा हुन आएको पीडितले बताएका छन् । प्रारम्भिक अनुसन्धानमा घटना नाटकीय रहेको प्रहरीले जनाएको छ ।
उता, काठमाडौं महानगरपालिका–७ चावहिल डेरा गरी बस्ने बारा जितपुर सिमरा घर भएका ४५ वर्षीय सुरेश पन्तको कोठाबाट दराज फुटाई करिब ४ लाख ९५ हजार ५ सय रूपैयाँ मूल्य बराबरका सुनका विभिन्न गरगहना सोमबार दिउँसो चोरी भएको छ ।

प्रतिक्रिया दिनुहोस्