Logo
Logo

‘अचाक्ली भयो, पार्टीमा भाँडभैलो गर्नेलाई कारवाही गरिन्छ’


दृष्टि संवाददाता


 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा भाँडभैलौ मच्चाउनेलाई कारवाही गर्ने चेतावनी दिएका छन् ।
पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले कारवाही गर्ने चेतावनी दिएका हुन् । उनले भने– ‘ ‘केही मानिसहरु निहुँ खोजिरहेका छन् । भोलि राष्ट्रिय भेला बोलाउने, प्रतिवेदन पास गर्ने रे, समानान्तर कमिटी बनाउने अरे । त्यो स्वीकार्य छैन ।

अध्यक्ष ओलीले विधान विपरित गतिविधि गर्नेलाई कारवाही गर्ने चेतावनी दिदै भने– ‘अब अराजकता, विधि विधान विपरीत काम, एकताविरोधी क्रियाकलाप गर्ने छुट हुने छैन । अचाक्ली भयो । पार्टीलाई पार्टीका रुपमा चल्न नदिने, भाँडभैलो मच्चाउने गतिविधि हुन सक्दैन । विधान अनुरुप कारवाही हुन्छ ।’

अध्यक्ष ओलीले गुटगत भेलामा नजान नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्