Logo
Logo

एमालेका कार्यकर्तालाई ओलीको चेतावनी


दृष्टि संवाददाता


काठमाडौं, ३ चैत ।
नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै कार्यकर्ताहरुलाई समेत चेतावनी दिएका छन् । माधव नेपाल तथा झलनाथ खनाल पक्षले आयोजना गरेको भेलामा नजान उनले चेतावनी दिएका हुन् ।


मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो भेला नरोके कारबाही गर्ने चेतावनी दिएका थिए । भेलामा जाने कार्यकर्ता समेत कारबाहीमा पर्ने उनको संकेत थियो । पार्टी अध्यक्षले आफ्नो विचारसँग सहमति नजानाउने नेता मात्र होइन कार्यकर्तालाई समेत कारबाहीको चेतावनी दिएकोमा नेताहरुले आश्चर्य मानेका छन् ।

ओलीले गत २८ फागुनमा आफु निकट केन्द्रीय सदस्यको बैठक बोलाएर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी खारेज गरी प्रदेश इन्चार्ज समेत हेरफेर गरेका थिए ।

त्यसविरुद्ध माधव नेपाल पक्षले विरोध गर्दै आएको छ । त्यही क्रममा बुधबार र बिहीबार सानेपामा बृहत कार्यकर्ता भेला गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्