Logo
Logo

राष्ट्रियसभा दलको नेतामा दीनानाथ शर्मा


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेतामा दीनानाथ शर्मालाई नै निरन्तरता दिने भएको छ । सर्वोच्च अदालतले नेकपा माओवादी ब्युँताएपछि पहिलोपटक बसेको नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले शर्मालाई दलका नेतामा निरन्तरता दिने निर्णय गरेको हो ।

बैठकले संसदीय विधान मस्यौदाका लागि तीन सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा देव गुरुङ, रामनारायण बिडारी र रेखा शर्मा छन् । बैठकले माओवादीका तर्फबाट सरकारमा रहेका सांसदहरुलाई फिर्ता बोलाउने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्