Logo
Logo

अख्तियारमा प्रहरीको बयान


दृष्टि संवाददाता


काठमाडौं । नेपाल प्रहरीको २१ करोडको एक खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धानको छानबिन अन्तिम चरणमा पुगेको छ । खरिदमा खुलमखुल्ला अनियमितता भएको पाइएपछि आयोगले त्यसमा संलग्न केही प्रहरी अधिकारीको समेत बयान लिइसकेको छ ।

पूर्व आइजिपी सर्वेन्द्र खनालको कार्यकालमा भिभीआइपीको स्कर्टिङका लागि खरिद गरिएको कारगेट मोटरसाइकलको सम्बन्धमा आयोगले छानबिन अन्तिम चरणमा पु¥याएको हो । बजेट नम्बर २९४११ बाट २१ करोड ६० लाख रुपैयाँमा ३८ वटा मोटरसाइकल खरिद खरिएको थियो । सस्तो दरको प्रस्ताव अस्वीकार गरी महँगोलाई स्वीकृत गरेपछि छानबिन पूरा नहुन्जेल भुक्तानी नदिन गत वर्ष नै अख्तियारले प्रहरीलाई निर्देशन दिएको थियो । महालेखा परीक्षकको प्रतिवेदनमा समेत खरिदमा प्रश्न उठाइएको थियो ।

लागत अनुमानका लागि कम्पनीले प्रस्ताव गरेको रेटभन्दा एउटा मोटरसाइकलमा करिब दुई लाख बढी तिरेर खरिद गरिएको थियो । जुन सार्वजनिक खरिद नियमावली विपरीत हो । त्यतिबेला प्रबन्ध निर्देशनालयमा रहेका डिआईजी नारायणसिंह खड्का लगायत प्रहरी अधिकारीसँग आयोगले बयान लिइसकेको स्रोत बताउँछ । ‘हालसम्मको छानबिनमा मुद्दा चलाउनैपर्ने देखिन्छ,’ आयोग स्रोत भन्छ । हालै आयोगमा नियुक्त भएका प्रमुख आयुक्त प्रेम कुमार राई तथा आयुक्त जयबहादुर चन्दमार्फत सो छानबिनलाई मुल्तबीमा राख्ने प्रयास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्