Logo
Logo

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा माधव, झलनाथ र बाबुराम नजाने


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र डा बाबुराम भट्टराई नजाने भएका छन् ।

राष्ट्रपति भण्डारीले समसामयिक राजनीतिक विषयवस्तु तथा देशको पछिल्लो राजनीतिबारे छलफल गर्नका लागि संसद्‍मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई मंगलबार अपरान्ह ४ बजे शीतलनिवासमा बोलाएकी छन् ।

सर्वदलीय बैठकमा नेपाल र खनाल दुवै जना सहभागी नहुने एमाले नेता विष्णु रिजालले बताए । रिजालका अनुसार बुधबार र बिहीबारको राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी हुन नभ्याउने भएका हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईको भने स्वास्थ्यमा समस्या आएका कारण बैठकमा सहभागी हुन नसक्ने उनका स्वकीय सचिव रोशन पोखरेले जानकारी दिए । उनले भने, ‘कोरोनाविरुद्धको खोप लगाएपछि स्वास्थ्यमा अझै सुधार आएको छैन । अन्य कुनै राजनीतिक कारण अनुपस्थित हुने भन्ने होइन ।

 

प्रतिक्रिया दिनुहोस्