Logo
Logo

शीतल निवासमा सर्वदलीय बैठक शुरू


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा शुरू भएको छ । समयसामयिक विषयमा छलफलका लागि राष्ट्रपतिले सर्वदलीय बैठक आव्हान गरेकी हुन् ।

पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताालाई बोलाइएको बैठकमा पूर्व प्रधानमन्त्रीहरू माधव नेपाल, झलनाथ खनाल र डा बाबुराम भट्टराई उपस्थित भएका छैनन् ।

एमाले नेता विष्णु रिजालका अनुसार नेपाल र खनाल  राष्ट्रिय कार्यकर्ता भेलाको तयारी गर्नुपर्ने भएकाले राष्ट्रपति कार्यालयमा बोलाइएको सर्वदलीय बैठकमा सहभागी नभएका हुन् ।

पूर्वप्रधानमन्त्री भट्टराईको भने स्वास्थ्यमा समस्या आएका कारण बैठकमा सहभागी हुन नसक्ने उनका स्वकीय सचिव रोशन पोखरेले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी लगायत गएका छन् ।

प्रतिक्रिया दिनुहोस्