Logo
Logo

प्रधानमन्त्रीको प्रस्तावले सर्वदलीय बैठकमा हलचल,एक घण्टा बसेरै सकियाे


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले प्रतिनिधिसभा विघटन गर्ने प्रस्ताव गरेपछि सर्वदलीय बैठक छोट्याएर सकिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा बसेको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि भएको विघटनको निर्णय  सही भएको र अहिले पनि सोही निर्णयमा अघि बढन सकिने बताएसँगै बैठक असहजतर्फ अघि बढ्दै सकिएको हो ।

बैठकमा राष्ट्रपतिले मुलुकको अहिलेको वर्तमान परिस्थितिको बारेमा आफू चिन्तित रहेको बताउँदै दलहरु मिलेर अघि बढ्न आग्रह गरेकी थिइन् ।

उनको आग्रह लगत्तै प्रधानमन्त्री ओलीले अबको राजनीतिक निकास भनेको ताजा जनादेश भएको बताएपछि बैठक असहज बन्दै गएको थियो । बैठकमा सहभागी नेताहरुले ‘ताजा जनादेशमार्फत नै दुई तिहाइ मतसहितको सरकारको नेतृत्व तपाइँले नै गर्नु भएको होइन र ?’ भन्दै प्रश्न गरेका थिए ।

बैठकमा राष्ट्रपति भण्डारीले राजनीतिक सौन्दर्य आपसी संवाद, सहकार्य र एकता रहिआएको परिवेशमा संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणका लागि राजनीतिक दलहरू बीचको सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएकी थिइन् ।

साथै, बंगलादेशका राष्ट्रपतिबाट राष्ट्रपिता बंगबन्धु शेख मुजिबुर रहमानको जन्म शतवार्षिकीका अवसरमा बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागिरहेको कार्यक्रममा सहभागी हुन मैत्रीपूर्ण निमन्त्रणा प्राप्त भएको र निकट भविष्यमा बंगलादेशको राजकीय भ्रमण गर्न लागेको दलहरूलाई जानकारी गराएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्