Logo
Logo

सुदूरपश्चिम प्रदेशसभा बैठकमा विधेयक पेश


दृष्टि संवाददाता


सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्न बनेको विधेकयक २०७७’ पेश भएको छ । प्रदेशसभाको सामाजिक विकास समितिमा दफावार छलफल भई तयार पारिएको उक्त विधेयकको प्रतिवेदन समितिका सभापति कुन्ती जोशीले पेश गरेकी हुन् ।

बैठक प्रारम्भ हुनासाथ ढ्यापढ्यापे समय लिएर प्रदेशसभा सदस्य शान्ति नेपालीले कञ्चनपुरको वेदकोट नगरपालिका–५ का वडाध्यक्ष साङ्घातिक आक्रमणबाट घाइते भएको भन्दै आक्रमणकारीलाई कानूनबमोजिम कारवाही गर्न ध्यानाकर्षण गराए ।

यसैबीच प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले साविकको, नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएको घटनाले प्रदेश सभाको बैठक सञ्चालनमा अहिलेसम्म त्यस्तो कुनै प्रभाव नपरेको बताए । उनले भने, ‘विधेयक दर्ता भइरहेका छन्, अन्य प्रदेशमा प्रदेशसभाको बैठक नचलल्दा सुदूरपश्चिम प्रदेशसभाको बैठक नियमितरुपमा चलेको छ ।

प्रतिक्रिया दिनुहोस्