Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : सवर्दलीय बैठकमा प्रधानमन्त्रीको आलोचनादेखि माधव नेपाल पक्षको भोलि राष्ट्रिय भेलासम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा राष्ट्रपति भवन शीतलनिवासमा सर्वदलीय बैठक सम्पन्न, दलहरू मिलेर अघि बढ्नुपर्नेमा राष्ट्रपतिको जोड, बंगलादेश भ्रमणका बारेमा दललाई राष्ट्रपतिद्वारा जानकारी, प्रतिनिधिसभा विघटनको विषयमा बोलेका प्रधानमन्त्रीमाथि खनिए नेता, सर्वदलीय बैठक पनि गलत समयमा बोलाइएको भन्दै नेताले जनाए आपत्ति ।

२. नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा आयोजित चियापान कार्यक्रम नेपाल समूहद्वारा बहिस्कार, राष्ट्रिय कार्याकर्ता भेला पार्टीविरोधी रहेको भन्दै त्यस्ता गतिविधिमा संलग्न हुनेलाई संविधान, कानून र पार्टीको विधान बमोजिम कारबाही गर्ने ओलीको चेतावनी, एमालेमा जंगली राज र भाँडभैलो स्वीकार्य नहुने दावी ।

३. नेकपा एमालेको माधव नेपाल समूहद्वारा भोलि र पर्सी राष्ट्रिय भेला आयोजना, भेला पार्टी एकताका लागि भएको पत्रकार सम्मेनमार्फत जानकारी, प्रधानमन्त्री ओलीलाई कारवाही गरेर देखाउन नेपाल समूहको चुनौती, मिलेसम्म प्रमुख अतिथि बनेर कार्यक्रममा आउन दिए सुझाव ।

४. प्रतिनिधिसभाको बैठक सञ्चालन भएयता बैठक बिजनेसविहीन बन्दै, अध्यादेशलाई लिएर सरकार र सभामुखबीच टकराब जारी, सभामुखका कारण संसद बिजनेसविहीन भएको परराष्ट्रमन्त्री ज्ञवालीको आरोप, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा कोरोनाका कारण मृत्यु भएका व्यक्तिका परिवार र रोजगारी गुमाएकाहरूले सरकारबाट पाएको सहयोगबारे छलफल गर्न संसद सचिवालयमा कांग्रेस सांसदद्वारा सार्वजनिक महत्वको प्रस्ताव दर्ता ।

५. नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन, तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने माओवादी केन्द्र संसदीय दलको निर्णय, माओवादी सांसद एमालेमा मिसिएकाले फिर्ता ल्याउन कार्यदल बनाइँदै, चैत ५ मा बस्ने जसपाको बैठकपछि सत्ता समीकरणका विषयमा अघि बढ्ने वर्षमान पुनको भनाइ ।

६.  सिन्धुलीको कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्लथल मै मृत्यु, मृत्यु हुनेमा कमलामाइ नगरपालिका ७ बाँसकटेरीका करिव ६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षका रीता इस्माली, १९ वर्षका दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठको रहेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेद्वारा जानकारी, घाइते सात जना मध्ये चार जनाको काठमाडौं र तीन जनाको सिन्धुली अस्पतालमा उपचार हुँदै ।

७. वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर घट्दो क्रममा, गत माघ महिनामा मात्रै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ७५ दशमलव ९ प्रतिशतले घटेको तथ्यांक, संख्या घटे पनि रेमिट्यान्स भने करिब ११ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकद्वारा जानकारी ।

८. सेयर बजारबाट बाहिरिन थाले लगानीकर्ता, कारोबार रकम निरन्तर घट्दै, हरियो हुनै मुस्किल, मंगलबार झिनो अंकले बढेको नेप्सेमा कारोबार रकम, तीन अर्बमा सीमित, शेयर स्पिल्ट गर्ने प्रकृया बढाउँदै प्रवन्धपत्र नियमावली संशोधनको लागि कम्पनी रजिष्ट्रार कार्यालय पुग्यो नेपाल लाइफ ।

९.अखिल नेपाल फुटबल संघ (एन्फा) ले त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सावर्जनिक, दशरथ रंगशालामा हुने प्रतियोगिता चैत ९ देखि १७ सम्म हुने,  तालिका अनुसार नेपालले पहिलो खेलमा किर्गिस्तानसँग खेल्ने, पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’का लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीलाई ‘ए’ श्रेणीमा, शहीद स्मारक ‘सी’ डिभिजन लिगमा समाज कल्याण र सामाजिक युवा क्लबको सुखद सुरुवात ।

१०.र, श्रीलंकाले १४ मार्चदेखि सार्वजनिक स्थानमा बुर्का लगाउन र अनुहार ढाक्न प्रतिबन्ध लगाउने निर्णयमाथि पाकिस्तानको आपत्ति, श्रीलंकामा रहेका मुसलमानहरूको भावनामा आहत पुग्ने पाकिस्तानी उच्च अधिकारीको भनाइ, राष्ट्रसंघको नेतृत्वमा अफगानिस्तानको शान्ति प्रक्रिया अघि बढाउनुपर्ने अमेरिकी विदेशमन्त्रीको आग्रह, म्यानमारमा सैन्य ‘कु’ भएपछिको डेढ महिनामा १ सय ८० प्रदर्शनकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमद्वारा जानकारी ।

प्रतिक्रिया दिनुहोस्