Logo
Logo

कांग्रेस नेता जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै


दृष्टि संवाददाता


काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत् कांग्रेस नेता नवीन्द्रराज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्पतालले विज्ञप्ती जारी गर्दै अवस्था गम्भीर रहेको र थप उपचार भइरहेको जानकारी दिएको हो ।

अस्पतालले आज बिहान ७ बजे जारी गरेको विज्ञप्तिमा भेन्टिलेटरको पूर्ण सपोर्टमा राखेर उपचार भइरहेको र उनको अहिलेको अवस्था गम्भीर रहेको उल्लेख छ ।

फागुन १४ गते भर्ना भएका जोशीको स्वास्थ्य केही दिनपछि सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको र पुनः विग्रिएपछि भेन्टिलेटरमै राखिएको थियो ।

(कांग्रेस नेता नवीन्द्रराज जोशीबारेको यसअघिको असावधानीपूर्वक प्रकाशित समाचार हटाइएको जानकारी गराउँदै गल्तीप्रति क्षमायाचना गर्दछौं । साथै आउने दिनमा यस्ता गल्ती नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्दछौं ।– सम्पादक)

प्रतिक्रिया दिनुहोस्