Logo
Logo

पहाडी भूभागमा मेघगर्जन सहित हल्का वर्षा


दृष्टि संवाददाता


काठमाडौं । देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भागका केहीस्थानहरुमा मेघगर्जन र चट्याङ सहितका हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार देशको पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली र तराईका भूभागमा आंशिक बदली रहनेछ। अहिले देशमा स्थानीयसँगै पश्चिमी वायुको पनि प्रभाव परेको र त्यसले गर्दा मौसममा बदली आएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बुधबार दिउँसो र राति कर्णाली प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका केही ठाउँमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्