Logo
Logo

जुवाखालमा डिआइजीका पिएसओ पक्राउ


दृष्टि संवाददाता


कैलाली, ४ चैत ।
एक जुवाखालमा डिआइजीका पिएसओसहित पाँच जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१० को खमौरास्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अंग रक्षकसमेत रहेका प्रहरी सहायक निरीक्षक पुस्कर भट्टसहितका ५ जना पक्राउ परेका हुन । उनीहरुबाट तीन लाख ३४ हजार बरामद भएको छ ।


पक्राउ पर्ने अन्यमा धनगढी उप–महानगरपालिका–३ का ४५ वर्षीय डबल चन्द, वडा नम्बर ४ बस्ने ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी नगरपालिका–५ बस्ने ४० वर्षीय टेक बहादुर बिष्ट र कञ्चनपुरको भिमदत्त नगरपालिका–४ बस्ने ३७ वर्षीय सन्तोष चन्द रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । खराब आचारण देखिएपछि डिआइजी सुवेदीले आफ्नै पिएसओलाई समेत थुन्न आदेश दिएको कैलाली प्रहरीका एक अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्