Logo
Logo

नेपाल-खनाल पक्षको राष्ट्रिय भेला सुरु, उल्लेख्य नेता कार्यकर्ताको सहभागी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल पक्षको ललितपुरको सानेपामा राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बुधबारबाट भेला सुरु भएको हो । भेला बिहीबाासम्म चल्ने छ । भेलाको अध्यक्षता नेता खनालले गरेका छन् ।
भेलाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीइतरकालाई पेलेर जाने रणनीति अख्तियार गर्दै समानान्तर गतिविधि अगाडि बढाउने बताइएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले नेता नेपाल र खनाललाई पेल्न थालेपछि यो राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिएको एक नेताले बताए ।
अध्यक्ष ओलीले भने यस भेलामा सहभागी नहुन चेतावनी दिएको छ । मंगलबार आयोजित आफू पक्षको चियापान कार्यक्रममा बोल्दै ओलीले नेपाल र खनाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिएका थिए ।
ओलीको चेतावनीका बावजुद पनि भेलामा देशभरबाट नेता तथा कार्यकर्ताको उल्लेख चहलपहल रहेको छ । नेता कार्यकर्तालाई ११ जना स्थायी समिति सदस्यद्वारा आइतबार जारी गरिएको विज्ञप्ति वितरण गरिएको छ । कार्यक्रम दुई सत्रको रहने छ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहनेछ ।

प्रतिक्रिया दिनुहोस्