यातायात व्यवस्था विभागको महानिर्देशकमा घिमिरे « Drishti News – Nepalese News Portal
Logo

यातायात व्यवस्था विभागको महानिर्देशकमा घिमिरे


दृष्टि संवाददाता


काठमाडौं, ४ चैत ।
यातायात व्यवस्था विभागको महानिर्देशकमा सहसचिव नमराज घिमिरे नियुक्त भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उनलाई सो जिम्मेवारी दिएको हो ।


घिमिरे यसअघि हेटौंडा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए । घिमिरे १० महिनाअघि मात्र सहसचिवमा बढुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्