Logo
Logo

एकमात्रै शिकार आरक्षमा आगलागी, ३० हेक्टर वन नष्ट


दृष्टि संवाददाता


गलकोट । नेपालको एकमात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जंगलमा आगलागी भएको छ । बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जंगलमा आगलागी भएको हो ।
सोमबारदेखि लागेको आगलागी मंगलबार साँझमात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँंडेलले जानकारी दिए ।
आरक्षको सुरक्षार्थ खटेको शत्रुमर्दन गुल्मको सेना तथा आरक्षका कर्मचारीले फायर लाइन निर्माण गरी आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट आरक्षको करीब ३० हेक्टर वनमा क्षति पुगेको छ ।
समयमै सुरक्षाकर्मी र कर्मचारी खटिएका कारण आगलागी नियन्त्रणमा आउँदा वन्यजन्तुको क्षति हुन नपाएको आरक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्