Logo
Logo

साइबर स्यालहरु अझै बाँचिरहेकै रहेछन्ः माधव नेपाल


दृष्टि संवाददाता


काठमाडौं, ४ चैत ।
नेकपा(एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले ‘साइबर स्याल!हरूसँग सावधान हुन आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली निकट समूहले सामाजिक सञ्जालमा गलत सूचनाहरु फैलाएकाले सावधान हुन उनले भनेका छन् ।


सानेपामा जारी राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली निकट समूहद्वारा परिचालित समूहलाई यस्तो बताएका हुन् । आफुहरुले आयोजना गरेको भेला स्थगित भएको भनेर योगेश भट्टराईको नक्कली हस्ताक्षर राखेर प्रचार गरिएकोमा उनले आपत्ती जनाएका हुन् । नेकपा(एमाले) पुर्नस्थापित भएपछि साइबर स्याल सकिए होलान् भनेको अझै पनि रहेको उनको भनाई छ । त्यस्ता समूहले पार्टी एकताविरोधी गतिविधि गरेको नेता नेपालको आरोप छ ।

ओली निकट एक समूह संगठित रुपमा आलोचकहरुलाई गाली गर्ने र ओलीको प्रशंसा गर्न परिचालन गरिएको छ । सो समूहले ओलीको आलोचना गर्नै पत्रकारहरुलाई समेत फेसबुक तथा ट्वीटरमा गालीगलौच गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्