Logo
Logo

पार्टीमा गुटको सुरुवात ओलीले गरेको हो : नेता नेपाल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा गुटको सुरुवात केपी शर्मा ओलीले गरेको बताएका छन् । आजबाट ललितपुरको सानेपामा सुरु भएको आफू पक्षको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् । उनले भने, ‘पार्टीका उहाँ (केपी ओली)ले गुटको सुरुवात मदन भण्डारी फाउण्डेशनको नाममा गर्नुभएको हो ।’
नेता नेपालले पार्टीको गुटबन्दी गर्न भेला नगरेको समेत बताए । उनले भने, ‘यो भेला गुटको होइन । र, गुटबन्दी गर्नलाई होइन । यो नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला हो । यो भेलाको उद्देश्य भनेको पार्टीलाई कसरी सुढृकरण गर्दै जाने हो ।’
नेता नेपालले ओलीले बहुदलीय जनवाद (जबज)को समेत खिल्ली उडाएको बताउँदै भने, ‘उहाँले बहुदलीय जनवादको कुरा गरेर गुटबन्दीको विकास गर्नुभयो । समाजवादको नारा बोकेर सामन्त पुँजीवादलाई आश्रय दिनुभयो ।’ उनले जारी राष्ट्रिय कार्यकर्ता भेलामा यिनै विषयबारे छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्