Logo
Logo

प्रचण्ड रि-फ्रेस हुनलाई लागे सिन्धुलीतिर


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुलीतिर लागेका छन् । उनी ‘रि–फ्रेस’ हुनलाई त्यसतर्फ गएका हुन् । यसअघि पनि अध्यक्ष प्रचण्ड तनावमा परेका बेला रि–फ्रेस हुन सिन्धुपाल्चोकको सुकुटे जाने गर्दथ्यो ।
यस्तै, उनी बुधबार पनि रि–फ्रेस हुनका लागि सिन्धुली गएका छन् । सिन्धुलीका उनको कुनै औपचारिक नरहेको बताइएको छ ।
सिन्धुलीमा कुनै औपचारिक कार्यक्रम नभएपनि ‘रि–फ्रेस’ हुन मात्र प्रचण्ड सिन्धुली हिँडेको उनको सचिवालय स्रोतले जनाएको छ । सिन्धुलीमा उनी नेता हरिबोल गजुरेलको निवासमा बस्ने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्