Logo
Logo

सरकारलाई दिएकाे समर्थन कायमै रहेको माधव पक्षको स्पष्टोक्ति


दृष्टि संवाददाता


सुर्खेत । कर्णाली प्रदेश सरकारलाई नेकपा एमालेको समर्थन कायमै रहेको माधव नेपाल पक्षले स्पष्ट पारेको छ । प्रकाश ज्वालाले एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारलाई दिएको समर्थन कायमै रहेको बताएका हुन् ।

बुधबार वीरेन्द्रनगरमा बसेको ओली पक्षका संसदीय दलको बैठकले माओवादी केन्द्र संसदीय दलका नेता शाहीलाई दिएको समर्थन फिर्ता लिएको घाेषणा गरेकाे थियाे ।

उक्त बैठकलाई माधव पक्षले ‘गुटगत बैठक’ भनेकाे छ । ‘आज मिति २०७७ चैत्र ४ गते नेकपा (एमाले) प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यस्तो गुटगत बैठक प्रचलित कानुन, बिधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौं, औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयप्रति हाम्रो असहमति छ’, प्रकाश ज्वालाद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘यो नेकपा (एमाले) प्रदेश सभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौं। कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेश सभा दलको समर्थन कायमै रहेको समेत अवगत गराउँदछौं।‘

४० जना प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेश सभामा एमालेका सभामुखसहित २० जना, माओवादी केन्द्र १३ जना, नेपाली कांग्रेस ६ जना र राप्रपा नेपालका १ जना सदस्य छन् । सरकारलाई बहुमतका लागि २१ जना संख्या चाहिन्छ। कांग्रेसको साथ अनिवार्य छ।

प्रतिक्रिया दिनुहोस्