Logo
Logo

माधव–झलनाथ समूह संसदीय दलको बैठकमा सहभागी नहुने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा माधव–झलनाथ समूह सहभागी नहुने भएको छ ।

आज सुरु भएको राष्ट्रिय भेला भाड्न संसदीय दलको बैठक बोलाइएकाले सहभागी नहुने निर्णय गरिएको माधव समूहका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । दृष्टिन्यूजसँग कुरा गर्दै नेता पाण्डेले भने– ‘आज सुरु भएको राष्ट्रिय भेला भोलीसम्म चल्ने छ । भेला चलिरहेको समयमा बैठक बोलाउनुको उद्देय भेला भाड्नु हो । हामी सहभागी हुन सक्दैनौं । सहभागी हुँदैनौं ।’

संसदीय दलको नेताको हैसियतमा ओलीले भोली बिहीबार ११ बजेका लागि संसदीय दलको बैठक बोलाएका थिए ।

फागुन २८ गते ओली समूहले माधव समूहलाई पदमुक्त गरेसँगै एमालेमा आन्तरिक विवाद बढेको छ । फागुन २८ गतेको निर्णय खारेज नभएसम्म अगाडि बढ्न नसकिने माधव समूहले अडान लिएको छ ।

प्रतिक्रिया दिनुहोस्