Logo
Logo

व्यक्तिगत लाभका लागि पार्टी छोड्नेहरू बढे : इन्द्र आङ्वो


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता एवम् प्रदेश १ का सांसद इन्द्रबहादुर आङ्वोले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कारण अनपेक्षित अवसर पाएका व्यक्तिगत लाभका लागि पार्टी परित्याग गरिरहेको टिप्पणी गरेका छन् ।

प्रदेश १ का पूर्वआर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका नेता आङवोले नेकपालाई सर्वोच्चले खारेज गरेपछि माओवादी केन्द्र परित्याग गरि एमालेमा प्रवेश गर्ने नेताहरुलाई लक्षित गर्दै उनले यस्ते टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै,‘अध्यक्ष क. ‘ प्रचण्ड’ कै कारण अनपेक्षित जिम्मेवारी र अवसरहरु प्राप्त गरिरहेकाहरु क्षमता, श्रेष्ठता, त्याग र योगदानबाट होइन निकटता र निगाहबाट निरन्तर जिम्मेवारी र अवसरको अपेक्षा राख्नेहरु तिनै मान्छेहरु आज बिचार, राजनीति, एजेन्डा, इमान र निष्ठालाइ बन्धक राखी तत्कालीन सत्ता शक्ति र ब्यक्तिगत लाभको पछि सगर्व कुदिरहेका छ । ’

अध्यक्ष क.प्रचण्ड कै कारण अनपेक्षित जिम्मेवारी र अवसरहरु प्राप्त गरिरहेकाहरु…
क्षमता,श्रेष्ठता,त्याग र योगदानबाट होइन…

Posted by Indra Angbo Mausam on Tuesday, 16 March 2021

 

कम्युनिष्ट आन्दोलनका बेला जन्मिएका ती तत्वहरुको खासै टिप्पणी गर्नु आवश्यक नरहे पनि तिनले छिट्टै ठूलो पश्चाताप गर्नेछन भनेर भन्न भने सकिने उनको भनाइ छ । त्यस्ता प्रवृत्तिले आन्दोलन कमजोर नभइ अझ सशक्त, प्रभावकारीका साथ अघि बढ्ने नेता आङेवोले बताए ।

प्रतिक्रिया दिनुहोस्